बुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर
कास्की | बैशाख २४, २०७९
उत्तर राई, पोखरा: युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।
आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।
उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।
संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गरे । त्यस्तै, सोमबार साइकल र्यालीको समेत आयोजना गरिने उनले बताए ।
पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्याली घेछेलिङ गुम्बा दीपहुँदै, सुुखवति गुम्बादेखि अनदुँस्थित शान्ति स्तुपासम्म हुने र्याली संयोजक रवि उदासले बताए ।
बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

